द्वयसंख्याबाट मुक्त भएर, त्रयसंख्यामा फसेको

कानुनी परिभाषा लैङ्गिकता मामिलामा अझै तरल र उदार हुनुपर्छ

तस्वीर: काठमान्डू पोस्ट

समाजमा व्यापक द्वयसांखिक लैङ्गिक व्यवस्था अर्थात् अङ्ग्रेजीमा ‘जेण्डर बाइनेरी सिस्टम’को संकीर्ण परिभाषालाई चुनौती दिँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक(य.ल.अ.) आन्दोलन उठेको थियो। आन्दोलनको एक दशक बितिसक्दा द्वयसांखिक लैङ्गिक व्यवस्था भन्दा पर रहेका लैङ्गिक पहिचान गर्ने व्यक्तिहरू खुलेर आउन थालेको छ र आफ्नो आवाज बुलन्द पार्ने ठाउँहरू बनाइरहेको छ।

एक दशक अगारि लिङ्गका महलमा एउटा अर्को शब्द सूचिकृत गरेर प्रगतिशील र समावेशी कदम लिएको कुरा, आज आएर फेरी अर्को असमावेशी र वहिष्करणी फन्दा ‘त्रयसांखिक लैङ्गिक व्यवस्था’ पो बन्दैछ कि भन्ने डर पनि लागेको छ। पहिचानको सवालले विभिन्न प्रश्नहरू समेट्छ— पहिचान निर्धारण गर्ने को हो, के आधारमा हो— यो एउटा राजनीतिक विषय पनि हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आन्दोलनले सामाजिक संकीर्णतालाई चिर्दै नेपालमा ठूलो ठूलो परिवर्तनहरू ल्याएको छ।

यी उपलब्धीहरू नेपालको य.ल.अ. जनसंख्याका निम्ति मात्र ल्यान्डमार्क बनेको छैन कि विश्वव्यापी रूपमा अनुकरणीय र प्रशंसात्मक पनि बनेर ल्याएको छ। द्वयसांखिक लैङ्गिक व्यवस्थाको पर पनि कुराकानीहरू मूलधारमा आउँदै गर्ने क्रममा, यसमा पनि केही समस्यामूलक अवधारणाहरूले स्थान पाउन थालेको छ।

नेपाल सरकारले महिला र पुरुष बाहेक ‘अन्य’ भन्ने लिङ्गको महल राखेको छ। कि त व्यक्तिले ‘अन्य’ भनेर नागरिकता लिनुपर्यो अनि आफ्नो जन्मदर्ताको नाउँ परिवर्तन गरी आफूले चाहेको नाउँ हालेर आफूले प्रस्तुत गर्न चाहेको लैङ्गिकता अनुरूप तस्वीर हालेर पहिचान गर्न पाउँछ; अथवा, आफ्नो जन्मदर्ता सरी नै नाम, लिङ्ग र लैङ्गिकता अनुरूप तस्वीर हाल्नुपर्ने हुन्छ। यस बाहेक अरू कुनै विकल्प नै छैन। लिङ्गमा ‘अन्य’ भनेर नागरिकता लिनेहरूलाई अरू सबै कागजात र फारमहरूमा सम्बन्धवाचक शब्दहरू समेत ‘अन्य’ भनेर सम्बोधन गरिने गरिन्छ। उदाहरणका लागि:

‘गोपाल र कल्पनाको अन्यले गते/महिना/साल मा जन्म लियो’
‘रुक्शना गोपालको अन्य हो’
‘अन्य रुक्शनाले फारम भरेको छ’

छोरा/छोरी/सन्तान, श्रीमान्/सुश्री/श्रीमती/श्री यी सबैको सट्टामा ‘अन्य’ नै प्रयोग गरिन्छ जुन अर्थहीन छ। आफूले रोजेको लैङ्गिकता अनुरूपका शब्दहरू(preferred gender terminologies)को अवधारणा अझै पनि बुझेको छैन। यस्तो संकीर्ण सोच छ कि ‘पुरुष’मा ठीक लाउनेलाई ‘श्रीमान्’, ‘महिला’मा ठीक लाउनेलाई ‘सुश्री’, अनि ‘अन्य’मा ठीक लाउनेलाई जता पनि ‘अन्य’ भन्दिने।

मलाई के लाग्छ भन्दा राज्यलाई लैङ्गिक विविधताको आधारभूत विषयहरू पनि थाहा छैना— य.ल.अ.हरूका निम्ति दछिन एसियामा सबैभन्दा मैत्रीपूर्ण देश भनिएतापनि— लैङ्गिकतालाई एउटा स्पेक्ट्रमका रूपमा हेरिने गरिएको छैना। कानुनी भाषामा ‘महिला’ र ‘पुरुष’को परिभाषा अझै पनि त्याचलिङ्गी(cisgender)का निम्ति मात्र छ। अनि त्यो समाजको पुरुष र महिला बारे रहेको संकीर्ण परिभाषा भन्दा फरक जो जति छ सबैलाई गुचुमुच्चु पारेर एउटै बट्टामा डम्प गरेको आभास मैले गरेको छ। ‘सम्बोधन गर्यो’ भन्ने तर लैङ्गिक विविधतालाई नबुझी, यो केवल समस्या समाधना भयो भनेर उम्किने बहाना जस्तो लाग्छ। नागरिकताको प्रकृया नै एकदम त्याचलिङ्गी केन्द्रित छ।

अर्को समस्या के पनि हो भन्दा नेपालको कानुनी भाषाले ‘जैविक लिङ्ग'(Sex) र ‘लैङ्गिकता'(Gender)मा भिन्नता रहेको कुरा जनाउँदैन। एउटा कारण के पनि हो भन्दा पर्वते कुरा नै नेपालको एक मात्र औपचारिक भाषा हो र यस भाषामा ‘लिङ्ग’ मात्र भने पुग्छ यो सेक्स र जेण्डर भनी छुट्याउनु पर्दैन भनेर उम्कने गर्दछ। यस मामिलामा भाषिक अभियानको माध्यमबाट महत्वपूर्ण शब्दहरूलाई शब्दकोष र शब्दभण्डारमा परिचय गराउने कार्य पनि गर्नु आवश्यक छ। आफूले रोजेको लैङ्गिकता अनुरूपका शब्दहरू(preferred gender terminologies)का विषय कानुनमा सम्बोधित छैना।

सामान्यतः नेपालको य.ल.अ. आन्दोलन अधिकार प्राप्तीमा धेरै केन्द्रित भएकाले अन्य समस्यामूलक बाधाहरूका मुद्दाहरू सम्बोधन भएको छैन। गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान(non-binary gender identities) र अनुभव बारे उदार र तरल बुझाई नभएको र यसलाई एकतात्मकतामा परिभाषित गरिनु अर्को बाधा हो। दुई वटा मात्र लिङ्ग छ भन्ने समाजमा विविध लैङ्गिक पहिचानलाई स्वीकार्ने र मान्यता प्राप्त गराउने क्रममा तीनवटा मात्र लिङ्ग छ भनी परिभाषित गर्नु अर्को संकीर्ण व्यवस्था हो।

आफूलाई ‘तेस्रोलिङ्गी'(third gender) भनेर पहिचान गर्ने व्यक्तिहरू पनि छन्, जुन दछिन एसियामा सांस्कृतिक लैङ्गिक पहिचानलाई झल्काउँछ। सांस्कृतिक लैङ्गिक पहिचान विश्वका विभिन्न रैथाने समुदायहरूमा रहेको छ। जस्तै: सामोआमा ‘फाफाफिने’, तोङ्गामा ‘लेइति’, फिजिमा ‘भाकासलेवालेवा’, भारतमा ‘हिज्रा’ गरी दछिन एसियाका मूलधार हिन्दु संस्कृतिहरूमा तेस्रोलिङ्गी भन्दै अनेकौँ उदाहरणहरू छ। यसै गरी पारलिङ्गी(transgender) व्यक्तिहरू छन्, जो आफूलाई महिला वा पुरुष भनेर चिनाउँछन्। ती व्यक्तिहरू पनि छन् जो यसको आरपार वा यो भन्दा फरक रूपमा चिनाउँछन्।

मैले आफ्नो कुरा गर्दा, म एक पारलिङ्गी महिला(transgender woman) हुँ र म आफ्नो पहिचानलाई महिलाकै स्पेक्ट्रम अन्तर्गत राख्दछु। म आफ्नो पहिचानलाई नारीत्व भन्दा भिन्न भन्ने ठान्दैन। म त्याचलिङ्गी महिला(cisgender woman)हरू भन्दा फरक त छु, तर पनि महिलाकै स्पेक्ट्रम भित्र।

लैङ्गिक अधिकारको कुरा गर्दा आफूलाई गैरानुपलिङ्गी(gender non-conforming), लैङ्गिक क्वयेर(genderqueer), द्र्वलिङ्गी(gender fluid), अलैङ्गिक(agender), मिश्रितलिङ्गी(androgyne) र अरो थुप्रै लैङ्गिक पहिचान गर्ने व्यक्तिहरू यस कुराकानीमा बेवास्ता र वहिष्करण भएको छ। अन्तर्लिङ्गी(intersex) व्यक्तिहरूको जैविक लिङ्ग फरक हुने विषयमा उनीहरूको लैङ्गिक पहिचानका बारेमा कुराकानी हुँदैन। किनभने शारीरिक रूपले पुलिङ्गी यौनाङ्ग र स्त्रीलिङ्गी यौनाङ्ग भन्दा फरक वा मिश्रित यौनाङ्ग भएका अन्तर्लिङ्गी व्यक्तिहरूको पनि आफ्नै लैङ्गिक पहिचानहरू हुन्छ। यो विषय य.ल.अ. आन्दोलनको मूलधारमा चर्चा हुन्दैन।

यी विविध लैङ्गिक पहिचानहरूलाई कानुनन् सम्बोधन गर्नुलाई एउटा ‘बोझ’का रूपमा चित्रण गरिएको देखिन्छ। यसले नेपालको समाजहरूमा जरा गारेको त्याचलिङ्गी मात्र सामान्य भन्ठान्ने(cisnormative) अवधारणालाई झल्काउँछ। ऐतिहासिक रूपमा सिमान्तकृत समूहहरूको अधिकारका विषयमा सामान्यतः यस्तै दृष्टिकोण रहेको पाइन्छ।

यही ‘बोझ’ अवधारणाले य.ल.अ. आन्दोलनलाई दिशा दिनाले यस समस्यामा योगदान पुर्याएको छ। लैङ्गिकतालाई स्पेक्ट्रमका रूपमा बुझ्नुपर्छ न कि समाजमा व्यापक ‘द्वयसांखिक लैङ्गिकता व्यवस्था(Gender Binary) जस्तै समस्यामूलक एउटा नयाँ व्यवस्था ‘त्रयसांखिक लैङ्गिकता व्यवस्था'(Gender Trinary)को स्थापना गर्नु। यो पनि उत्तिकै हानिकारक रहेको छ।

काठमान्डू पोष्टमा अङ्ग्रेजी भाषामा छापेको मेरो लेख मैले पर्वते कुरामा अनुबाद गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *